बुढानिलकण्ठ नगरपालिकाका महिलाहरुद्रारा रक्तदान कार्यक्रम आयोजना, नगर प्रमुख मिठाराम अधिकारिले प्रमाणपत्र बितरण गर्नु भयो

काठमाडौं ,बुढानिलकण्ठ नगरपालिकाका महिलाहरुले रक्तदान कार्यक्रम आयोजना गरेका छन् । बुधवार बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ मा अखिल नेपाल महिला संघ क्रान्तिकारी बुढानिलकण्ठ नगर समितिले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता सुनिल मानन्धर र बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा ५० जनाले रक्तदान गरेको महिला नेतृ कमला
गौतमले बताएकी छ्न।

बुढानिलकण्ठमा सामाजिक उत्तरदायित्वमा महिलाहरुको भुमिका बढ्दै गएको बताउनु भयो।

सो कार्यक्रममा मेयर मिठाराम अधिकारीले रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान प्रदान गर्नु भएको थियो।