७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त बहुउद्देश्यीय जलविद्युत आयोजनालाई अगाडी बढाउने विषयमा आज उर्जा मन्त्रालयलमा महत्वपूर्ण छलफल भएको छ ।


आयोजना प्रभावित क्षेत्रका संघीय सांसदहरु, योजना आयोगका सदस्य, लगानी बोर्डका सिइयो, मन्त्रालयका सचिव तथा सहसचिवहरु, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा विभागका प्रमुखहरुको उपस्थितिमा आयोजनालाई समयमै र प्रभावकारी रूपमा अघि बढाउन आवश्यक रणनीति, लगानी संरचना, तथा कार्यान्वयनका मोडालिटीबारे छलफल गरियो।
अब लगानीको मोडालिटी नयाँ बनाउनुपर्छ । मेरो देखाई, भोगाई र अनुभवले आयोजनामा लगानी भित्र्याउन र समयमै सम्पन्न गर्न पब्लिकलाई शेयर दिएर जाने, प्राइभेटलाई लिड गर्न लगाउने त्यसमा हामीले सहयोग गरेर जानुपर्छ भन्नेमा जोड दिएको छु । यस आयोजनाले झापा, मोरङ सुनसरी लगायतका १ लाखभन्दा बढी क्षेत्रमा सिँचाई सुविधा पुग्नुका साथै जल यातायात तथा पर्यटनको विकासमा समेत ठुलो टेवा पुग्नेछ ।


