आमसञ्चार तथा पत्रकारिता अध्ययन गर्नछात्रवृत्तिसम्बन्धी सूचना

मिति : २०८१।११।१५
आम सञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर अध्ययन गर्न नेपाल पत्रकार महासंघको सिफारिसमा छात्रावृत्तिका लागि महासंघ र पोलिगन कलेजबीच सम्झौता भएको छ । जसअनुसार शैक्षिक वर्ष २०२५–२७ का लागि सात जना (हरेक प्रदेशबाट एक जना) छनौट हुने छन् । पत्रकारिता पढ्न इच्छुक महासंघका सदस्य भएका पत्रकारको नामावली पठाइदिन अनुरोध गर्दछु ।

– नेपाली नागरिक हुनुपर्ने
– कुनै पनि विषयमा स्नातक गरेको हुनुपर्ने
– तत्काल अन्य कुनै विषयमा स्नातकोत्तर तहमा अध्ययनरत नभएको हुनुपर्ने

नोटः छात्रवृत्ति जम्मा सात जनाले पाउनेछन् । जस मध्ये दुई जना महिलाले ५० हजार ५ सय (पचास हजार पाँच सय रुपैयाँ) तिर्नुपर्नेछ भने बाँकी ५ जनाले कलेजले तोकेको ३ लाख (तीन लाख रुपैयाँ) शुल्कमा आधा रकम छुट पाउनेछन् ।

दुर्गम, सीमान्तकृत समुदाय र कमजोर आर्थिक अवस्था भएकालाई प्राथमिकतामा राखिनेछ ।