वि.सं. २०८१ फाल्गुन २५ गते आइतवार तदनुसार ई. सं. २०२५ मार्च ०९ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४५, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४६, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:१५ बजे र सूर्यास्त : साँझ ०६:०० बजे, चन्द्रोदय : दिउँसो ०२:०४ बजे र चन्द्रास्त : मध्यरात्रीपछि ०१:५७ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:२३ बजे र सूर्यास्त : साँझ ०६:०८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२९ बजे र सूर्यास्त : साँझ ०६:१४ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:४४ बजे र सूर्यास्त : साँझ ०६:२८ बजे, फाल्गुन शुक्लपक्ष (चिल्लाथ्व) दशमी तिथि, दिउँसो १०:४४ बजेसम्म, त्यसपछि एकादशी तिथि, पुनर्वसु नक्षत्र, मध्यरात्रीपछि ०२:२४ बजेसम्म, त्यसपछि पुष्य (तिष्य) नक्षत्र, चन्द्रमा मिथुन राशिमा, बेलुका ०८:२७ बजेसम्म, त्यसपछि कर्कट राशिमा, सौभाग्य योग, साँझ ०५:४४ बजेसम्म, त्यसपछि शोभन योग, सुरुमा गर करण दिउँसो १०:४४ बजेसम्म, त्यसपछि वणिज करण बेलुका १०:१८ बजेसम्म, अन्तिममा विष्टि÷भद्रा करण, (भद्राको वास : पृथ्वीतल÷भूमिलोक), आनन्दादि योग : ध्वज, चन्द्रवर्ण : पहेंलो (बेलुका ०८:२७ बजेसम्म), त्यसपछि सेतो, चन्द्रदिशा : पश्चिम (बेलुका ०८:२७ बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : उत्तर (दिउँसो १०:४४ बजेसम्म), त्यसपछि आग्नेय, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये रोग वाण : बेलुका ०९:१८ बजेपछि, कालराहु चक्रमा कालको दिशा : उत्तर र पाशको दिशा : दक्षिण, आजको मुहूर्त : अग्निवास (यज्ञ र हवनादि)
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २६ गते : श्री आमलकी एकादशी व्रत, रङ्गभरी एकादशी (व्रजक्षेत्रमा होली प्रारम्भ), श्री काशीविश्वनाथ श्रृङ्गार दिवस, मुहूर्त : व्रतबन्ध, गृहारम्भ (घरको जग राख्ने), पसल थाप्ने (दोकान खोल्ने), २७ गते : गोविन्द द्वादशी, राष्ट्रिय विभूति अरनिको जयन्ती (प्रज्ञाप्रतिष्ठानको निर्णय), मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा÷रुद्राभिषेक), २८ गते : मुहूर्त : शुभ विवाह, शिववास (रुद्रीपूजा÷रुद्राभिषेक)



