काठमाडौं, राजन थापा भदौ १२।
तारकेश्वर धाम गुम्बा परिसरमा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। लायन्स/लियो क्लब अफ काठमाडौं श्री माछापोखरीको सहकार्यमा काठमाडौं महानगरपालिका–१६ को स्वास्थ्य विभाग तथा सिल्भर लाइन हस्पिटलको आयोजनामा शिविर सञ्चालन गरिएको हो।
शिविरमार्फत २४८ जनाको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको आयोजकहरूले जनाएका छन्।
लायन्स क्लब अफ काठमाडौं श्री माछापोखरीका अध्यक्ष सनत कुमार बस्नेतका अनुसार स्थानीय बासिन्दाले नजिकै स्वास्थ्य सुविधा पाउन सकून् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको हो। साथै उनले महिलाहरूको विशेष चाड हरितालिका तीज तथा ऋषिपञ्चमीको अवसर पारेर यो स्वास्थ्य शिविर आयोजना गरिएको पनि बताए।



