बुढानिलकण्ठ नगरपालिकामा युवाको सवाल विषयक विषेश संवाद कार्यक्रम भएको छ, मेयर मिठाराम अधिकारीले भने नगरपालिकाले युवालाई केन्द्रमा राखेर वार्षिक कार्यक्रम बनाउछ

कार्यक्रममा नगरपालिकाका मेयर मिठाराम अधिकारीले नगरपालिकाले युवालाई केन्द्रमा राखेर वार्षिक कार्यक्रम समेटेर क्यालेण्डर बनाउने बताउनुभयो । उहाँले नगरले युवामैत्री कार्यक्रम गरिरहेको भन्दै युवाको सोचको पनि आवश्यकता रहेको बताउनुभयो । मेयर अधिकारीले गएको आर्थिक वर्ष ५ हजार मानिसलाई कौसि खेति सम्बन्धि तालिम दिएको उल्लेख गर्नुभयो ।

 
काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा स्थानिय सरकारसँग युवाको सवाल विषयक विषेश संवाद कार्यक्रम भएको छ । समाजसेवा तथा मानवअधिकारमा महिला र बालबालिका सिविसको सहकार्यमा  तथा बुढानिलकण्ठ नगरपालिकाको सहयोग र नेपाल एफएम् नेटवर्कको आयोजनामा  कार्यक्रम भएको हो ।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले स्थानीय तहहरुले युवाका क्षेत्रमा काम गर्न तयार रहेको र राष्ट्रिय युवा परिषद्ले युवालाई व्यवसायमा जोड्न समन्वय गरिरहेको बताउनुभयो । उहाँले देशभरका १६ वटा पालिकाले ऐन बनाएर आधिकारिक रुपमा युवा परिषद् बनाएको जानकारी गराउनुभयो ।

यस्तै नगरपालिकाका युवा नगर परिषद् उपाध्यक्ष रुपेश भट्टराईले सबै वडामा रहेका युवासँग छलफल गरी युवाका मुद्दा खोजी गरेर नगर कार्यपालिकामा प्रस्तुत गर्ने गरेको बताउनुभयो । उहाँँले नगरपालिकाले युवाका लागि छुट्याएको कार्यक्रम तथा बजेट युवालाई जोड्ने काम गरिरहेको उल्लेख गर्नूभयो । उपाध्यक्ष भट्टराईले युवालाई नेतृत्व विकास गर्न तथा उद्यमशिल बनाउन नगर युवा परिषद्ले सँधै भुमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा युवाहरुले आफ्ना समस्या तथा जिज्ञासा राखेका थिए । इलाम घर भई १४ वर्ष देखि बुढानिलकण्ठ नगरपालिकामा बसोबास गर्दै आएका युवा सुजन लिम्वुले आफुले थालेको उद्यम्मा नगरपालिकाले सहयोग नगरेको गुनासो गर्नुभयो ।

लिम्वुको जिज्ञासाको जवाफ दिँदै मेयर अधिकारीले प्रस्ताव लिएर आउन आग्रह गर्नुभयो । उहाँले बैंक सँग समन्वय गरेर लोनको व्यवस्था गर्ने बताउनुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.