१८ भदौ ,काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई भाडा घटाएको छ । नेपाल आयल निगमले भदौ १५ गते हवाई इन्धनको मूल्य घटाएपछि हवाई भाडा पनि घटेको हो । प्राधिकरणका अनुसार आन्तरिक उडानमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २६५ रुपैयाँसम्म हवाई भाडा कटौती भएको हो । जसमा सबैभन्द धेरै विराटनगर नेपालगञ्जको भाडा २६५ रुपैयाँले घटेको छ ।
ADVERTISEMENT
योसँगै यसतर्फको रुटमा ७ हजार ९० रुपैयाँ भाडादर कायम भएको छ । काठमाडौ–धनगढी २२० रुपैयाँले घटेको छ । पोखरा–भद्रपुरको भाडा २०० रुपैयाँले घटेको छ । विराटनगर–भैरहवा १९५ रुपैयाँ घटेको छ । यस्तै सबैभन्दा कम छोटो दुरीमा रहेको काठमाडौं–सिमराको भाडा ४५ रुपैयाँले घटेको छ । नेपाल आयल निगमले भदौ १५ गते राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको थियो । घटेको हवाई भाडा बुधबारदेखि कार्यान्वयन हुनेछ ।


Be the first to comment