काठमाडौ , दैलेख भगवतीमाई गाउँपालिका ३ निवासी महान सहिद
सहिद मयाराम रेग्मीको ६४ औ बार्सिक स्मृति दिवस भब्य रूपमा सोही पालिकाको केन्द्र बेस्ताडामा सम्पन्न भएको छ।
शहिद ६४बार्षिक स्मृति दिवस भब्य रुपमा सम्पन्न भएको छ। सो स्मृति सभामा मयारम रेग्मी प्रतिस्ठानका अध्यक्ष टेक बहादुर खाण
भगवती माई गाउँ पालिका अध्यक्ष अध्यक्ष गणेश बहादुर थापा,नेकपा एमाले पालिका अध्यक्ष खड्ग बहादुर शाहि , नेपाल कमनिस्ठ पार्टी माओवादी माओबादी केन्द्रका भक्त बहादुर चन्द,
नेपाल कमनिस्ठ पार्टी एकीकृत समाजबादिका अध्यक्ष नन्द बहादुर खड्का लगायत विभिन्न राजनीति दलका नेता समाजसेबी पत्रकार र सहिद परिवार उपस्थित थियो। शहिद परिवार बाट राम प्रसाद रेग्मी , भिम प्रसाद रेग्मी र जनकराज रेग्मी उपस्थित हुनुहुन्थ्यो।
सो कार्यक्रममा बोल्ने बक्ताहरुले गाउँ पालिकामा वीर सहिद मयाराम रेग्मीको सालिक निर्माण गर्ने बताए ।
नेकपा माओबादी केन्द्रका पालिका सयोजक तथा दैलेख जिल्ला सदस्य जूझारु युवा नेता समाजसेवी भक्त बहादुर चन्दको विशेष पहलका सो कार्यक्रम भएको थियो।
वीर सहिद भन्नाले राष्ट्र, समाज, धर्म, न्याय वा कुनै महान उद्देश्यका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान मानबलाई जनाउँछ। वीर सहिदहरू अन्याय, दमन, अत्याचार, विदेशी शासन वा स्वाधीनताको रक्षाका लागि लड्दै बलिदान दिने व्यक्तिहरू हुन्। उनीहरूको त्याग र साहसले समाजमा परिवर्तन ल्याउने प्रेरणा दिन्छ। नेपालमा पनि धेरै वीर सहिदहरूले स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रिय हितका लागि आफ्नो जीवन अर्पण गरेका छन्, जसको सम्मानमा माघ १६ गते सहिद दिवस मनाइन्छ। तिनै सहिदको सुचीमा अटाउने महान सहिदको नाम हो मयाराम रेग्मी । मयाराम रेग्मी आदर्श लाइ रोजि मृत्युलाइ स्वीकार गर्ने नै बास्तबिक शहिद हुन।
शहीद मयाराम रेग्मी दैलेखका एक महान राष्ट्रभक्त तथा लोकतन्त्रका लागि बलिदान दिने वीर योद्धा हुन्। उनी नेपालमा प्रजातान्त्रिक आन्दोलनका सक्रिय अभियन्ता थिए।
मयाराम रेग्मीको योगदान र बलिदान
उनी तत्कालीन पन्चेहरुको विरुद्ध आवाज उठाउए र संघर्षरत गरे ।
जनताको स्वतन्त्रता, अधिकार र लोकतन्त्र स्थापनाका लागि उनले आफ्नो जीवन समर्पण गरे।
तत्कालीन शासकहरूले उनलाई कठोर यातना दिए र अन्ततः हत्या गरे।
उनको बलिदानले नेपालमा लोकतान्त्रिक आन्दोलनलाई प्रेरणा दियो।
उनले भनेका थिए— “आदर्शलाई रोजी मृत्युलाई स्वीकार गर्ने नै वास्तविक शहीद हुन्।” यो भनाइले उनीप्रति उच्च सम्मान दर्शाउँछ। उनको योगदान नेपाली इतिहासमा सधैं स्मरणीय रहनेछ।
Sample Pageयदि राज्यले औपचारिक रूपमा उनलाई शहीद घोषणा गरेन भने पनि उनको बलिदान नेपाली जनताका लागि सधैं प्रेरणाको स्रोत रहन्छ।



Be the first to comment