आज मिति २०८१ साल चैत २ गते शनिवारको दिन ग्रेटर नेपाल पत्रिकाको १२औ वार्षिकोत्सव वानेश्वर स्थित आनन्दभूमी इभेन्टमा सम्पन्न भयो । पत्रिकाको संस्थापक प्रकाशक तथा प्रधान सम्पादक, सुरेन्द्र ढकाल प्रतिष्ठानका अध्यक्ष एवं विशाल नेपाल महाअभियानका राष्ट्रिय संयोजक सुरेन्द्र ढकालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विशाल नेपाल अभियान प्रति चासो राख्ने करिव २ सय जना विशिष्ट अतिथिहरुको गरिमामय उपस्थिति रहेको थियो । अतिथीहरुको स्वागत गर्दै राष्ट्रिय संयोजक ढकालले अव विशाल नेपालको पक्षमा प्रचार प्रशार मात्र गरेर नपुग्ने भन्दै विशाल नेपाल मुक्तिसेना परिचालन गरेर नेपालको भूमी हडपेर वसेका भारतीय सुरक्षाकर्मीहरुलाई लखेटन पर्ने दिन आएको बताउनु भयो । पत्रिकाको कार्यकारी सम्पादक तेजेन्द्र प्रशाइले संचालन गनु भएको उक्त कार्यक्रममा विशाल नेपाल महाअभियानकी अभियन्ता तथा महिला नेत्री कविता आचार्य, नीरा रञ्जीतले अव गर्ने भनेको शुध्द राष्ट्रवादी आन्दोलन हो त्यस्मा राजा लगायत सबै राष्ट्रभक्तहरु एकत्रित भई आन्दोलनलाई अगाडि वढाउन सक्ने हो भने मात्रै देश जोगिने अन्यथा देश नरहने अवस्थामा पुगेको भन्दै सबैलाई आन्दोलनमा होमिन आग्रह गर्नु भयो । कार्यक्रममा अधिवक्ता वासुदेव डांगीले राष्ट्रभक्तीको कविता वाचन गर्नु भएको थियो भने भान्सा औषधालयका अभियन्ता रोमलाल गिरीले आफनै उत्पादनबाट आत्मनिर्भर हुन सक्ने अवस्थाको सिर्जना गर्न सकेमा मात्रै विशाल नेपाल निर्माण हुन सक्ने बताउनु भयो । कार्यक्रममा उपस्थित सम्पूर्ण विशिष्ट सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै विशाल नेपाल महाअभियानका संयोजक तथा ग्रेटर नेपाल पब्लिेकेशनका अध्यक्ष रामशरण पाण्डेले अव सचेत नागरिकहरुले भ्रष्टाचारीहरुलाई जहाजहा भेट्यो त्यही त्यही भण्डाफोर गर्न सकेमा मात्रै सुशाशन कायम हुन सक्ने बताउनु भयो । कार्यक्रममा नियमित विज्ञापनदाता राष्ट्रिय वाणिज्य बैंकलाइ दिइएको सम्मानपत्र बैकका प्रतिनिधि विवेक श्रेष्ठलाइ प्रदान गरिएको थियो भने पब्लिकेशनकी सदस्य इशा अधिकारी काठमाण्डौ जिल्ला पत्रकार संघकी सहसचिवमा निर्वाचित हनु भएको वहालाई खादा ओडाइ सम्मान गरिएको थियो । करिव ३ घण्टा सम्म सुब्यवस्थित तरिकाबाट संचालन भएको उक्त कार्यक्रमको ब्यवस्थापन पक्ष सुजित थापाले गर्नु भएको थियो भनृ कार्यक्रम पश्चात सबै सहभागीहरुलाई ग्रेटर नेपाल मासिक पत्रिकाको फागुनको अंक निशुल्क वितरण गरिएको थियो ।









