गभर्नर छनोटका लागि उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा नयाँ सिफारिश समिति गठन

सरकारले गभर्नर छनोटका लागि उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा नयाँ सिफारिश समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यसअघिको सिफारिश समिति खारेज गरेर पुनः नयाँ समिति गठन गर्ने निर्णय गरेको हो ।

अर्थमन्त्री पौडेलको संयोजकत्वमा गठित नयाँ समितिमा पूर्वगभर्नरमध्येबाट महाप्रसाद अधिकारी र विज्ञ सदस्यमा पोषराज पाण्डे रहनुभएको छ । यसअघिको समितिका विज्ञ सदस्य विश्व पौडेलको राजीनामापछि सरकारले पाण्डेलाई समेटेको हो।