नगर उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत ५ दिने ‘दुना-टपरी’ तालिम सुरु

बुढानीलकण्ठ नगरपालिका नगर कार्यपालिकाको कार्यालय, हात्तीगौँडाको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अनुसार आज मिति २०८३ साल बैशाख १५ गतेदेखि ५ दिने ‘सालको पातको दुना टपरी बनाउने सम्बन्धी सीप तालिम तथा अध्ययन अवलोकन कार्यक्रम’ को भव्य शुभारम्भ भएको छ। बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ मा सञ्चालन भइरहेको यस तालिमले स्थानीय स्रोत र साधनको प्रयोग मार्फत नगरबासीलाई स्वरोजगार बनाउने र उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। ५ दिनसम्म चल्ने यस कार्यक्रम अन्तर्गत सहभागीहरूलाई प्रयोगात्मक सीप सिकाउनुका साथै सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० स्थित सुकुटे बजारमा स्थलगत अध्ययन अवलोकन भ्रमण समेत गराइनेछ। यस कार्यक्रमले परम्परागत सीपलाई व्यावसायिक रूप दिँदै नगरको आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पुर्‍याउने विश्वास लिइएको छ।