बुढानीलकण्ठ स्वास्थ्य चौकीमा नेत्र बाहिरङ्ग सेवा (Eye OPD) सुरु, नगर प्रमुख मिठाराम अधिकारीद्वारा उद्घाटन

बुढानीलकण्ठ, श्रावण ४ – बुढानीलकण्ठ नगरपालिका वडा नं. ०३ घुम्ती स्थित बुढानीलकण्ठ स्वास्थ्य चौकीमा नेत्र बाहिरङ्ग सेवा (Eye OPD) आजदेखि औपचारिक रूपमा सुरु गरिएको छ। नगर प्रमुख मिठाराम अधिकारीले एक समारोहका बीच उक्त सेवाको उद्घाटन गर्नुभयो।

नयाँ सुरु गरिएको यो नेत्र सेवा प्रत्येक मंगलबार दिउँसो ११ बजे देखि १ बजे सम्म नियमित रूपमा सञ्चालन हुनेछ। सेवाको सञ्चालनका लागि नगरपालिकाले आवश्यक उपकरणहरू खरिद गरेको छ भने ह्याम्स हस्पिटलले नेत्र विशेषज्ञ चिकित्सक उपलब्ध गराई नियमित जाँच तथा उपचार सेवामा सहयोग गर्ने भएको छ।