भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सभाहलमा
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालको अध्यक्षतामा सबै प्रदेशका यातायात तथा भौतिक पूर्वाधार सम्बन्धि मन्त्रालयका माननीय मन्त्रीहरु ,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचीव महानिर्देशकहरु प्रदेश सचिवहरु लगायतको उपश्थितीमा बसेको विषयगत समितिको बैठकले ड्राईभिङ लाईसेन्स छपाई,एम्बोस्ट नम्वर प्लेट जडान लगायतका यातायात ब्यवस्था संग सम्बन्धित विषय छिटो छरितो बनाउने तथा राष्ट्रिय राजमार्ग बाहेकका हाल संघिय सरकारले मर्मत संभार गर्दै आएका सडकहरु संविधानतः प्रदेश र स्थानिय तहमा हस्तान्तरण गर्ने विषयमा छलफल र आवस्यक निर्णय गरिएको छ।


