सुदूरपश्चिम प्रदेश, धनगढी स्थित गेटा अस्पतालमा मोड्युलर ल्याब (LAB) र ३० शय्याको आकस्मिक सेवा विस्तार गरिएको छ। डडेल्धुरा अस्पतालमा डाइलाइसिस सेवा सञ्चालन र डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकामा नवनिर्मित १० शय्याको अस्पतालमा सेवा प्रारम्भ भएको छ।
यसैगरी गेटा अस्पताललाई ३०० शैयामा स्तरोन्नति गर्दै मेडिकल कलेज (MBBS) सञ्चालन गर्ने तथा डडेलधुरा अस्पताललाई ३०० शैया बनाउने दिशामा हामी अघि बढेका छौँ। दुबै अस्पताल सञ्चालनका लागि अस्थाई दरबन्दी समेत स्वीकृत भइसकेको र सञ्चालन बजेट सुनिश्चित गरेका छौँ।
यस अभियानमा सहयोग गर्नु हुने सबैमा आभार प्रकट गर्दै आगामी दिनमा पनि निरन्तर साथ-सहयोगको अपेक्षा गर्दछु।


