भारतका ऊर्जा मन्त्री मनोहरलाल खट्टर आगामी वैशाख ९ गते नेपाल आउने भएका छन्। उनी नेपालको कोशी करिडोर २२० केभी प्रसारणलाइनको उद्घाटन गर्नेछन्।
त्यसै दिन उनले भारतको अरुण तेस्रो जलविद्युत् आयोजना अवलोकन गर्नेछन्। अर्को दिन, वैशाख १० गते, उनले मुस्ताङको मुक्तिनाथ र पशुपति क्षेत्रको भ्रमण गर्नेछन्। मन्त्री खट्टरको भ्रमणको क्रममा दुई देशले संयुक्त प्रसारणलाइनका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन्।


