मधेश यात्राको क्रममा धनुषामा पुर्व अर्थमन्त्री डा. प्रकाश शरण महतलाई भव्य स्वागत गरिएको छ

नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा प्रवक्ता डा. प्रकश शरण महतलाई धनुषा जिल्ला कार्यसमिति द्वारा जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।

मधेशको यात्रामा निस्किनु भएका महत नागरिकको समस्या पहिचान गर्दै यात्रामा रहनु भएको बताएका छन् । पुर्व अर्थमन्त्री समेत रहेका महतलाई धनुषा जिल्ला सभापति योगेन्द्र पजियार, उपसभापति लक्ष्मीनारायण यादव, सामाजिक अभियन्ता तथा स्थानीय नेता राम पल्टन साह, काङ्ग्रेस जिल्ला प्रवक्ता उमेश साह, युवा नेता प्रवेश चौधरी लगायत नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका छ्न ।