नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच ७ वर्ष अवधि तथा ७ प्रतिशत व्याजदर भएको अंकित तथा चुक्ता मूल्य रु.१,०००।- दरका कुल २५,००,००० कित्ता “7% RBBL Debenture 2088” (RBBD2088) ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भयो । सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले आजै हस्ताक्षर गर्नुभयो । उक्त ऋणपत्रको दोस्रो बजारमा मिति २०८२/०४/१५ गतेबाट कारोवार शुरु हुनेछ भने सूचीकरण पश्चात् दिनुपर्ने RTS सेवा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौंबाट हुनेछ ।


