जनसम्वन्ध विस्तार अभियान शोषित उत्पिडित जनतालाई जागृत सचेत र सँगठिन गर्ने जनमितेरी अभियान हो- हेमन्त प्रकाश ओलि । ओलिले वैतडीको झुलघाटमा जनसम्वन्ध विस्तार अभियानको उदघाटन गरेका छ्न।
बैतडी ,सुदुरपश्चिम नेपाल – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले सञ्चालन गरेको जनसम्वन्ध विस्तार अभियानको आज ४ न. टोलीका नेता एव पार्टीका स्थायी समिति हेमन्त प्रकाश ओलीले झुलाघाटमा व्यानर वाचन तथा पट्काए उद्घाटन गरेका छन।
उद्घाटन मन्तव्य राख्दै जनसम्वन्ध विस्तार अभियान जनता सँग क्रान्तिकारी कम्युनिष्ट पार्टीको मितेरी अभियान हो, भने दलाल सँसदीय व्यवस्थाको गद्दीमा वसेर जनताको रगत पसिन चुस्ने शासकहरुको भण्डाफोर पनि हो भन्नुभयो। जनसम्वन्ध विस्तार अभियानले शोषित उत्पिडित जनता लाई जागृत सचेत सँगठित गर्दै शान्त सुव्यवस्थित समृध्द जनगणतत्र नेपालको स्थापना गर्ने चाहन्छ राखेर विश्वभरी नाङ्गीएको दलाल सँसदीय व्यवस्था लाई विदाई गर्न चाहन्छ उहाँले वताउनु भयो।
जनयुद्ध र जनआन्दोलनबाट सत्तच्युत भएको राजतत्र र राजा पुनः. साम्रज्यवाद र विस्तारवादको उक्साहटमा सल्लवलाएको छ।
दलाल सँसदिय व्यवस्थाको विकल्प राजतत्र होइन जनगणतत्र हो जनगणतत्रका लागी सँघर्ष गरौ नेता ओलीले भन्नु भयो।
कार्यक्रममा पिविएम लालवहादुर जाग्रीले वोल्दै सरकारको अकर्मण्यताका कुशासनका कारण युवाहरु विदेशिन वाध्य भइ पहाडका गाउँवस्ती खेतहरु रित्ता र वाझा रहेका कारण देशको कृषि अर्थतत्र परनिर्भर हुन गएको छ। राज्यका स्रोत साधनमा दलिय भागवण्डामा लुटका मच्चाउने दलाल सँसदिय व्यवस्था अगाडी चल्न नसक्ने अवस्थामा रहेको छ। जनआन्दोलन र जनयुद्धको उपलव्धिको रक्षा गर्दै जनगणतात्रिक व्यवस्थाले मात्र जनताका अधिकारको ग्यारेण्टी गर्ने कुरा वताउनु भयो।
कार्यक्रमलाई पार्टीका पिविएम केवी गुरुङ धनेश्वर पोखरेलले पनि सम्वोधन गरेका थिए।कार्यक्रमको सञ्चालन १ न. व्युरो अध्यक्षता हरि सुवेदी सञ्चालन सिसिएम डम्वर विष्ट र निलम ओलीले गर्नु भएकोथियो।झुलाधाट र गोठलापानि गरी दुइ स्थानमा सभा सम्पन्न भएका छन।
सो स्थानमा पत्रकार भेटधाट र कोणसभा पनि सम्पन्न भएको छ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालके आज विहान वैतडीको साइलेखको सुर्य होटलमा पत्रकार भेटधाट कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा विषयवस्तु प्रस्तुति पिविएम लालवहादुर जाग्रीले गर्नु भएको थियो। अभियान न.४ का टोली नेता हेमन्त प्रकाश ओलीले समसामयिक तथा पार्टी धारण राखे पछि सहभागी पत्रकारहरुले जिज्ञासालाइ स्पष्ट पारेका थिए।कार्यक्रमको सहजीकरण सिसिएम हरि प्रशाद सुवेदीले गरे थिए।
वैतडीको देहमाण्डौमा कोणसभा सम्पन्न
आजै वैतडीको देहमाण्डौमा पनि कोणसभा सम्पन्न भएको छ। कोणसभा लाई पार्टी सिसिएम हुकुम खड्का र हरिप्रशाद सुवेदीले सम्वोधन गरेका थिए।कार्यक्रमको सञ्चालन सिसिएम डम्वर विष्टले गर्नु भएको थियो।वैतडीको देहमाण्डौ,सुर्नाय मेमौली पाटन खोड्पेमा ४ देखि ६ गते सम्म कोणसभा जनभेटघाटका कार्यक्रम रहेकाछन।






