हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा भक्तिमय वातावरण सिर्जना भइरहेकै बेला छपकैया चौक अगाडि झड़प भएको छ। हिन्दू समुदायको जुलुसमाथि वीरगञ्जको छपकैया क्षेत्रमा पथराव भएपछि दुबै पक्षबीच झडप भएको छ। झडपको क्रममा ज़ाइज़ बिरयानी र अन्य केही पसलमा आगजनी भएको छ।
स्थानीयहरूका अनुसार, धार्मिक र्यालीमा घरको छतबाट ढूँगा फयाले पछि उत्पन्न तनाबका कारण केही समूहबीच विवाद चर्किएको थियो, जसले उग्र रूप लिएर आगजनीमा परिणत भयो।
प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ भने सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिएको छ। झडपकाबारे विस्तृत जानकारी आउन बाँकी रहेको छ, यद्यपि स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम गर्न सर्वसाधारणलाई संयमित रहन आग्रह गरेको छ।



