काठमाडौं- नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले नेपालको चिया निर्यातमा किसानले अनेकौं समस्या झेल्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले इलामको विशेषता सुनाउँदै त्यहाँका किसानले भोग्नुपरेको समस्याका विषयमा गम्भीर बन्न सरकारलाई आग्रह गरे ।
सुहाङ इलाम क्षेत्र नम्बर २ का जनप्रतिनिधि हुन् ।
गत उपनिर्वाचनबाट निर्वाचित भएर संसद् छिरेका नेम्वाङले इलाममा उत्पादित कृषिजन्य वस्तुबाट नेपाल सरकारको सिंगो अर्थतन्त्रलाई फाइदा पुग्ने पनि बताए ।



