आज मिति २०८२ बैशाख ६ गते शनिवारका दिन सुरेन्द्र ढकाल प्रतिष्ठानको यस आ व को तृतिय त्रैमाशिक समिक्षा बैठक नया वानेश्वर स्थित आनन्दभूमी इभेन्टमा सम्पन्न भयो । प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र ढकालको अध्यक्षतामा भएको बैठकमा सचिव तेजेन्द्र प्रशाइले स्वाथत मन्तब्य सहित बैठकको एजेण्डा प्रस्तुत गर्नु भएको थियो । बैठकले श्री यज्ञ प्रसाद वस्याल र श्री लिलानाथ शर्मालाई प्रतिष्ठानको मानार्थ सदस्यता प्रदान गरेको थियो भने प्रगति नेपाल र हाम्रो अभियान फाउण्डेसनलाई प्रतिष्ठानसंगको आवध्दता पत्र प्रदान गरेको थियो । मानार्थ सदस्यता प्राप्त श्री यज्ञ प्रसाद वस्याल र श्री लिलानाथ शमाले आफहरुले प्रतिष्ठानको मानार्थ सदस्यता लिन चाहेको कारण प्रस्टाउनु भएको थियो भने आवध्दता प्राप्त संस्थाका प्रतिनिधिहरु क्रमस श्री दुर्गा थापा र द्ेवी कार्कीले प्रतिष्ठानसंग आवध्दता खोज्नुको उध्देश्यमाथि प्रकाश पार्नु भएको थियो । तत्पश्चात अध्यक्षले विगत नौ महिनाको प्रतिष्ठानको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ३५ वटा आयोजनाहरुको लागि रु ३४ लाख १४ हजार ३ सय ९६ खर्च भएको जानकारी दिनु भयो । तत्पश्चात प्रतिवेदनमाथि भएको छलफलको क्रममा कार्यकारी परिषद सदस्यहरु श्री संझना पोखरेल, श्री किरण थापा, तथा मानार्थ सदस्यहरु श्री विजय राम कसजु, डा. राजन थापाले विभिन्न सुझावहरु प्रस्तुत गर्नु र्भको थियो । कार्यक्रममा प्रगति नेपालको संरक्षणमा रहेकी छात्राको लागि प्रतिष्ठानले रु १० हजारको छात्रवृत्ति प्रदान गरेको थियो । बैठकले प्रतिष्ठानको कार्यक्रम प्रायोजन गर्नु हुने मानार्थ सदस्य श्री प्रभात राज पाण्डेलाई विशेष धन्यवाद ज्ञापन गरेका थियो र श्री पाण्डेले कार्यक्रम प्रायाजन गर्न पाएकोमा सुखको अनुभूति भएको मन्तब्य प्रस्तुत गर्नु भएको थियो ।












