समीर वली’ जसले विदेश जाने सपना त्यागेर चिया पसल खोले, अहिले फुटबल एकाडेमी संचालन गरे …

दाङ घोराहीका २९ वर्षीय ‘ समीर वली’ जसले विदेश जाने सपना त्यागेर चिया पसल खोले । करिब पाँच वर्ष चिया बेचेर राम्रै आम्दानी पनि गरे! आफु राष्ट्रिय टिममा खेल्ने सपना पूरा नभएपनि फुटबलप्रति लगाव भएका कारण फुटबलमा केही गर्ने सोच बनाएर आफ्नै लगानीमा Football Academy सन्चालन गरेका छन र अहिले विभिन्न जिल्लाका २९ जना विद्यार्थीलाई बासको व्यवस्था ,निजी खेलमैदान उपलब्ध गराइदिनुका साथै राम्रो सीप भएका तर आर्थिक रुपमा कमजोर भएका खेलाडीलाई सहयोग पनि गर्दै आएका छन! उनी भन्छन, “फुटबलको लोकप्रियता चुलिँदो छ तर खेलाडी उत्पादनका लागि जिम्मेवार निकायहरू गम्भीर छैनन् । खेलमा केही गर्न चाहनेलाई पनि प्रोत्साहन छैन !”