सडकमै खान्छौं, सडकमै सुत्छौं राजसंस्था नफर्केसम्म: राप्रपा नेतृ  कुन्ती पोखरेल

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ति पोखरेलले राजसंस्था नफर्किएसम्म आफूहरूले सडक नछाड्ने बताईन ।

आज काठमाडौमा आयोजित राप्रपाको आमसभामा बोल्दै उनले गणतन्त्रवादीहरूले देश छोडेर भाग्न वा आत्मसमर्पण गर्न चेतावनी दिएकी हुन् । उनले प्रहरी हिरासतमा रहेका दुई नेताहरूलाई तत्कालै रिहा गर्न पनि उनले माग गरेकी छन्। यदि आफ्नो माग पूरा नभएमा ७ गतेदेखि सडकमै खान्छौ  र सुत्छौ।
, ‘आज हाम्रो रगत तातेको छ । हाम्रा नेता गणहरूलाई थुनेर राखेका छन्। उहाँहरूलाई तुरुन्तै, आजै रिहा गर भन्न चाहन्छु । यो आज हाम्रो सुरुवात हो । अब ७ गतेदेखि खाना पनि यहीँ पकाएर खान्छौँ, यहाँबाट चल्दैनौं । राजसंस्था नभएसम्म हामी सडकमै हुन्छौं ।’ उनले गणतन्त्रवादी नेताहरूलाई आजै देश छाडेर भाग्न समेत आग्रह गर्छु ।

‘आजै तिमिहरू भागिहाल नत्र घरबाट थुतेर राष्ट्रवादी साथीहरूले कुट्ने छन्,’ पोखरेलले भनिन्, ‘कि देश छाडेर भाग, कि आत्मसमर्पण गर । नत्र खैरियत छैन ।’ उनले आगामी ७ गतेबाट सडक तताउन बल्खुमा उपस्थित भिडलाई आग्रह गरिन् । राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रसहितका विभिन्न माग राखेर मंगलबार बल्खुमा प्रदर्शन गरेको छ।