काठमाडौं : गणतन्त्र तथा राष्ट्रियताको रक्षा र संघीयताको खारेजीका लागि भन्दै राष्ट्रिय जनमोर्चाले सप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलन सुरु गरेको छ।।
आज काठमाडौंको शान्तिबाटीका बिसाल सभा गर्दै राष्ट्रिय जनमोर्चाले सप्ताहव्यापी राजधानी केन्द्रीत आन्दोलनको सुरुवात गरेको छ।
प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताए।२४० वर्षको राजतन्त्रमा जनताले दुख पाएको र देश विकास हुन नसकेको उनको भनाई छ।
के.सि गणतन्त्रको नाममा सत्तामा बस्नेले लुट्ने काम गरेकाले जनतामा केही असन्तुष्टि देखिएको बताए। केसीले गल्ती गरेकै कारण सत्तामा रहेका दलका नेताहरुमाथि पनि कारबाही भएको बताए ।
उनले मुलुकको राष्ट्रियतामाथिको खतरा बढ्दै गएकाले संघर्ष गरेर नै मुलुकको राष्ट्रियता रक्षा गर्न सकिने बताए।चैत्र ३० गतेसम्म हुने केन्द्रित आन्दोलनका क्रममा विभिन्न स्थानमा प्रदर्शनसहितको सभा गर्ने जनमोर्चाका काठमाडौ प्रवत्ता जगत प्रसाद रेग्मीले बताए ।



