शिक्षामन्त्री विद्या भट्टराईले शिक्षकहरूको आन्दोलनलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएकी छन्। मन्त्री भट्टराईका अनुसार, सरकारले शिक्षकहरूको मागलाई ध्यानमा राख्दै संसदको बर्खे अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो। शिक्षा विधेयक-२०८० छिट्टै पारित गरिने विषयमा पनि छलफल भइरहेको जानकारी दिँदै उनले शिक्षकहरूसँग निरन्तर संवाद गर्न सरकार प्रयासरत रहेको बताइन्। तर, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले ऐन हातमा नपर्दासम्म आन्दोलन जारी राख्ने निर्णय लिइसकेको बताएका छन्।



