शिक्षक महासघंका अध्यक्ष आह्वान: थप इमान्दार र शसक्त बन्दै आन्दोलन आवस्यक

शिक्षकहरूलाइ थप इमान्दार र शसक्त बन्दै आन्दोलनमा सरिक हुन आह्वान -अध्यक्ष शिक्षक महासघं

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किसोर सुबेदिले आफ्नो फेसबुक स्टाटसमा शिक्षकहरुलाई थप ईमानदार र शसक्त बन्दै आन्दोलनमा सरिक हुन आव्हान गर्नु भएको छ।
उहाले लेख्नु भएको छ:
आन्दोलन अपडेटः२०८२ बैशाख ८ गते
हिजो ७ गतेको आन्दोेलनमा सहभागी सबै आन्दोलनकारी शिक्षक कर्मचारी मित्रहरुमा हार्दिक आभार ।आज पनि बिहान ठिक ९ः०० बजे माइतीघर मण्डला आउनुहोला ।
आदरणीय साथीहरु, आज हाम्रो काठमाडौं केन्द्रित सडक आन्दोल २० दिनको हुँदैछ । धेरै कष्ट र असजिलाका बाबजुद यहाँहरुबाट भएको उच्च सहभागितालाई नमन गर्दछौं । अझै केही दिन आन्दोलनमा जुट्नुको विकल्प छैन ।
१. सदा झैं अनुशासन र मर्यादा कायम राखेर संयम सहित आन्दोलनमा डटिरहनु होला ।
२. संस्थाको तर्फबाट आउने आधिकारिक वक्तव्य र हामी (कार्यलय)मार्फत सम्प्रेषण हुने जानकारीलाई पत्यार र अनुशरण गर्नुहोला ।
३. बजारमा अनेक थरि अफवाह भएको हामीले थाहा पाएका छौं । त्यस्ता अनधिकृत अफवाह र भनाइमा पत्यार नगर्नुहोला ।
सहभागी साथी र सहयोगी हातहरुप्रति फेरि नमन ।
“मेरो आन्दोलन मेरो सहभागिता ।”
“बलियो सहभाागिता, बलियो आन्दोलन– बलियो आन्दोलन बलियो उपलब्धि ।”