काठमाडौं । आज विश्व स्मृति एवं मेलमिलाप दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दोस्रो विश्वयुद्धमा ज्यान गुमाएकाहरूको सम्झना एवं मेलमिलाप दिवसका रुपमा सन् २००४ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।
राष्ट्रसङ्घीय महासभाले मे ८ र ९ तारिखमा यो दिवस मनाउन विश्वका सबै देशहरुलाई आह्वान गरेअनुरुप विभिन्न राष्ट्रसङ्घीय निकाय, गैरसरकारी संस्था तथा व्यक्तिले समाज र देशका निम्ति योगदान आफ्ना अग्रज एवं दोस्रो विश्वयुद्धका सबै पीडितहरूको स्मरण तथा उनीहरुप्रति श्रद्धाञ्जली अर्पण गरेर स्मृति दिवस मनाउँदै आएका छन् । न्युयोर्कस्थित राष्ट्रसङ्घीय मुख्यालयमा आज विशेष स्मृतिसभा हुँदैछ ।
यो दिन मनाउनुको मुख्य उद्देश्य:
द्वितीय विश्वयुद्धमा ज्यान गुमाएकाहरूको सम्मानमा श्रद्धाञ्जली अर्पण गर्नु।
युद्धका पीडितहरूको स्मरण गर्नु।
विश्वभर शान्ति र आपसी समझदारीको सन्देश फैलाउनु।
युद्ध स्मारकहरूमा पुष्प अर्पण गरिन्छ,
शान्ति र्याली तथा सचेतना कार्यक्रमहरू आयोजना गरिन्छ,
पीडितहरूको जीवनकथा साझा गरिन्छ।



