नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाती महासँघ नेपाल लम्जुङ जिल्ला कमिटीको बिस्तारित बैठक महासँघको केन्द्रीय अध्यक्ष पासाङ शेर्पाको प्रमुख अतिथिको उपस्थितमा सम्पन्न भयो ।
महासँघको केन्द्रीय नेताहरु र पार्टी जिल्ला कमिटी अध्यक्षको उपस्थितीमा सम्पन्न बैठकले निम्न निर्णयहरु पारित गरिएको छ । महासँघको केन्द्रीय अध्यक्ष पासाङ शेर्पाको उपस्थितमा सम्पन्न भयो
लालबहादुर गुरुङ अध्यक्ष र क. बिरेन्द्र गुरुङ सचिव रहेको २५ सदस्यको महासँघ जिल्ला अधिवेशन आयोजक कमिटि गठन भएको छ।
सो बैठकले आगामी बैशाख ६ गते जिल्ला महासँघ लम्जुङ जिल्ला अधिवेशन आयोजना गर्ने निर्णय गर्यो ।
बिभिन्न ८ जनाहरुलाई लम्जुङ जिल्ला अन्तरगतका ८ वटा पालिकामा पालिका कमिटी गठन तथा पुनर्गठनको काम सम्पन्न गर्ने गरि जिम्मेवारी तोकियो ।
तेसै गरि बिभिन्न ९ जनालाई लम्जुङ जिल्लामा नौ वटा जातीय घटक सँगठन बनाउने जिम्वारी तोकियो।



