रेखा थापाले प्रचण्ड भनिन हाम्रो सत्ता आएपछि सुनको चर्पी हुन्छ भनेको होइन ?

जनतासँग माओवादी, तराई मधेश जागरण अभियान भन्दै तराई झरेका माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड टिमलाई लक्षित गर्दै रेखा थापा लेख्छिन् – हाम्रो सत्ता आएपछि सुनको चर्पी हुन्छ भनेको होइन र ? फेरि एक चोटि मधेसतिर लालसेना खोज्न हिँडेछन् काम्रेडहरू, पुराना आधार ईलाकामा पत्याउन छोडे कि क्या हो ?
चटक पनि कती जानेका ? यो देशमा सत्ता बाहिर बस्न यती पीडा महसुस गर्ने माओवादी, आफ्नो समिक्षा कहिले गर्ला ? छातीमा गोली थाप्नेहरु हराए, युद्धमा लाग्ने लस्कर हराए, देशमा नयाँ युग ल्याउँछौ भन्नेहरु हराए, अब फेरि अभिनय किन ? बरु सिधै भन्नु नि- हामी राजनीतिमा भाईरल हुने अधुरो रहर बोकेर गाउँ छिरेका छौँ ।