रास्वपा भ्रातृ संगठन खोल्ने तयारी गर्दै

रास्वपा अब भ्रातृ संगठन खोल्ने तयारीमा छ। सुरुमा संगठन र कार्यकर्ता नहुने भनेर फरक देखिएको पार्टीले अब नीति परिवर्तन गर्दैछ। रवि लामिछाने थुनामा गएपछि पार्टीले संगठनको खाँचो महसुस गरेको हो। आन्दोलन चलाउन र जनतामा पुग्न संगठन आवश्यक रहेछ भन्ने अनुभव भएपछि यस्तो निर्णयतर्फ पार्टी अघि बढेको छ। अबको केन्द्रीय समिति बैठकमा यो प्रस्ताव राखिनेछ।