रास्वपाको महाधिवेशन चितवनमा हुने पक्का

रास्वपाको महाधिवेशन अब २०८२ फागुन ७, ८ र ९ गते चितवनमा हुने भएको छ। रवि लामिछाने थुनामा गएपछि मिति परिवर्तन भएको हो। असोजसम्म वडा, कात्तिकसम्म पालिका, मङ्सिरसम्म जिल्ला र माघ १५ सम्म प्रदेश अधिवेशन सक्ने निर्णय गरिएको छ। ७०० वडामा अधिवेशन भइसकेको र ७० जिल्लामा समिति गठन भइसकेको जानकारी छ।