रासायनिक मलको अभाव हुन नदिन सरकारले नेपालमै रासायनिक मल उत्पादन कारखाना खोल्ने प्रक्रिया अघि बढाएको: प्रधानमन्त्री केपि शर्मा ओलि

खेतीको सिजनमा रासायनिक मलको अभाव हुन नदिन सरकारले नेपालमै रासायनिक मल उत्पादन कारखाना खोल्ने प्रक्रिया अघि बढाएको छ। लगानी बोर्डको हिजो बसेको ६३औँ बैठकले रासायनिक मल उत्पादन कारखाना खोल्न अन्तिम विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई अघि बढाउने निर्णय गरेको छ ।