राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले माओवादीको १० वर्षको युद्धबाट १ खर्ब ३० अर्ब रुपैयाँको क्षति भएको र आजको मूल्यमा ५ खर्ब रुपैयाँको भौतिक संरचनामा क्षति भएको बताएका छन्। उनले माओवादी अध्यक्ष प्रचण्डको सम्पत्तिबाट यसको व्याजसहित अशुल गर्नुपर्ने बताए। शाहीले माओवादी द्वन्द्वले ३ खर्ब रुपैयाँको क्षति पुर्याएको र ११ सय उद्योग बन्द गराएको, लाखौं मानिसलाई बेरोजगार बनाएको आरोप लगाए। “माओवादीले बुहारी मन्त्री, छोरी मेयर, ज्वाई मन्त्री बनाएको छ, यसबाट देशलाई के फाइदा भयो?” भन्दै शाहीले माओवादी नेतृत्वको परिवारवादको आलोचना गरे। उनले माओवादी द्वन्द्वको कारण एक लाख घरेलु उद्योग बन्द भए र ६ लाख भन्दा बढी मजदुर विदेश जान बाध्य भए भनेर भने। शाहीले माओवादीको क्रान्ति र तिनका पदाधिकारीहरूको भूमिका कस्तो थियो भन्ने विषयमा प्रश्न उठाउँदै, “यही हो तिम्रो क्रान्ति?” भने। उनले थपे, “अब हामी देशमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री ल्याउँछौं र घुडाँ टेक्ने र र्याल काट्नेलाई सधैंका लागि बाइकट गर्छौं।”



