रवीन्द्र र धवल शमशेरलाई रिहा गर्न राप्रपाको माग


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्ना दुई नेताहरु उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा.धवलशमशेर जबरालाई रिहा गर्न माग गरेको छ।

यदि गरेन भने सरकार विरुद्ध देशभरी विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको छ । शुक्रबार काठमाडौंको. तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनमा रवीन्द्र र धवलशमशेर सहभागी थिए । उनीहरुलाई प्रहरीले  बेलुका नै नियन्त्रणमा लिएको हो ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई नेतालगायतलाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।

साथै, तीनकुनेकमा सरकारकै कारण हिंसात्मक घटना भएको राप्रपाको ठहर छ । उक्त घटनामा एक पत्रकारसहित २ जनाको मृत्यु भएको थियो भने प्रदर्शनकारीहरुले व्यक्तिका निजी घर, सार्वजनिक सम्पत्ति र व्यवसायिक स्थलहरुमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए ।