काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै छन् ।
लामिछानेले रास्वपाका सांसदहरुसहित आज बिहान १० बजे सिंहदरबारमा सभामुखलाई भेट्ने भएका हुन् ।
हाल सांसदबाट निलम्बित भएका लामिछानेले आफुलाई संबिधान विपरित सांसदबाट निलम्बन गरिएको बाताउदै आएका छन् । लामिछानेको सांसद पद गत पुस ८ गतेदेखि निलम्बित भएको थियो ।
उनीविरुद्ध पुस ७ मा जिल्ला अदालत, कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा विपक्षी बनाएर मुद्धा दायर भएपछि सांसद पद निलम्बन भएको थियो ।



