राष्ट्रिय गौरवका आयोजनाहरूलाई पुन विचार गर्नु पर्छ:रक्षामन्त्री मानवीर राई

रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवका आयोजनाहरूलाई पुनःविचार गर्नुपर्ने बताएका छन्। सिंहदरबारमा बसेको समितिको बैठकमा उनले धेरै आयोजना घोषणा हुने तर काम नहुने अवस्था रहेको बताए। आर्थिक अवस्थाले नधान्ने आयोजना घोषणा गरेर राख्नुको सट्टा गर्न सकिने मात्रै गर्नु राम्रो हुने उनको भनाइ छ। मन्त्री राईले आयोजना घटाउन आवश्यक भए अध्ययन गरेर घटाउनुपर्ने बताए। उनले फास्ट ट्र्याक निर्माण भइरहेका क्षेत्रमा सांसदहरूसँग छलफल गर्ने र गाडीबाटै अनुगमन गर्ने तयारीमा रहेको जानकारी पनि दिए।