





















मित्रकुञ्जको ५८औं बार्षिक उत्सव May 18 को उपलक्ष्यमा May 10 मा मैत्रीपूर्ण खेलकुद कार्यक्रम, May 16 मा फोटो प्रदर्शनी कार्यक्रम गर्दै मित्रकुञ्जले मूल कार्यक्रम आयोजना गर्यो। सो कार्यक्रममा मुख्य अतिथिको रूपमा मित्रकुञ्जका संस्थापक अध्यक्ष्य बरिष्ठ अधिबक्ता निलाम्बरआचार्यज्यूबाट पानसमा बत्ती बाली कार्यक्रम शुरू गरिएको थियो। पूर्व अध्यक्षज्यूहरू,रसियाका लागि पूर्व राजदूत सबैलाई खादा लगाई सम्मान गरिएको थियो।बिभिन्न संघसंस्थाका बिशिष्ट अतिथीहरू , रूसी दुतावासका कुटनितिज्ञहरू, च्याप्टरका प्रतिनिधिहरू ,सल्लाहकारज्यूहरूको साथै मित्रकुञ्जका सदस्यज्यूहरूको उपस्थित भएको थियो।
कार्यक्रम शुरूहुनु अघि नै रूसी राजदूतावासको तर्फबाट प्रतिनिधित्व गर्दै Head of the Kalmykia का Mr.Batu Sergeyvich Kasikhovज्यूले शुभकामना सहित उपहार प्रदान गर्नुभयो।साथै Kalmyki गाईकाद्वारा संगित प्रस्तुत गरिएको थियो।रूसी भवनको तर्फबाट Deputy Director Sakanush Vaniyanद्वारा शुभकामना ब्यक्त गर्नु भएको थियो।
सो कार्यक्रममा उपाध्यक्षरूसी भवनको तर्फबाट Deputy Director Sakanush Vaniyanद्वारा शुभकामना ब्यक्त गर्नु भएको थियो। ई.रामबिन्दु श्रेष्ठज्यूबाट स्वागत मन्तव्य, कार्यक्रमका संयोजक आ.बिनोद न्यौपानेज्यू बाट कार्यक्रमको बारे छोट्टो मन्तव्य दिनु भयो।मित्रकुञ्जका संगित कमिटीद्वारा मित्रकुञ्ज गान का साथै अन्य संगित प्रस्तुत गरिएको थियो । खेलकुदका बिजयीहरूलाई मुख्य अतिथी र अध्यक्ष ज्यूबाट शिल्ड र प्रमाणपत्र हस्तान्तरण गर्नुको साथै बिभिन्न सबकमिटीका संयोजक हरूलाई समेत मायाको चिनो हस्तान्तरण गरिएको थियो। मित्रकुञ्ज Property &Building Subcommittee संयोजक ई.बालसुन्दर मल्ल ,सल्लाहकारज्यूबाट मित्रकुञ्जको Building fond को बारे प्रकाश पार्नु भएको थियो भने सो कमिटीका member secretary ई.त्रिबेणीमान शिंह प्रधानज्यू र आ.करूणा अमात्यज्यूबाट १/१ लाखको चेक अध्यक्ष ई. सुष्मा खत्री रन्जितज्यूलाई हस्तान्तरण गरिएको थियो। साथै रूसका लागि पूर्व राजदूत श्री मिलन तुलाधरज्यूबाट पनि १लाख दिने प्रतिबद्धता गर्नु भयो। अन्तमा अध्यक्षज्यूबाट सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरियो ।कार्यक्रम संचालन सचिब डा.प्रेमल कुमार जोशीज्यूबाट गरिएको थियो Cocktail/Refreshment र Photo Exibition ले अझ कार्यक्रमको रौनकता बढाएको थियो।


