चैत मसान्तसम्म सामाजिक सञ्जालहरू दर्ता नभए बन्द हुने: संचार मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले चैत मसान्तसम्म सामाजिक सञ्जालहरू दर्ता नभए बन्द हुने बताउनुभएको छ।

‘हामीले मेटालाई दर्ताको सूचना दिएको २ महिना भैसक्यो । तर, कुनै जवाफ आएको छैन । चैत मसान्तसम्म दर्ता नभए बन्द गर्छौं । सरकारको यो अडान अन्तिम हो भने फेसबुक केही दिन लगभग बन्द हुने निश्चित छ । किनभने आज र भोलिमा दर्ता सम्भव छैन ।’

नेपाल जस्तो देशलाई हेपेर सोसल मिडिया प्रदायक निकायले जुन व्यवहार गरिरहेको छ यसको निमित्त सरकारले लिएको कद सराहनीय छ।