काठमाडौँको मखन टोलमा भएको डरलाग्दो आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। सुरज आर्केड पछाडि रहेको कच्ची घरमा ग्यास लिक भएर लागेको आगो नजिकैको अर्को पक्की घरमा पनि सल्किएको छ। ६ वटा दमकल र सुरक्षाकर्मीको प्रयास जारी छ। घटनामा एक महिलाको ज्यान गएको छ, तर उनको पहिचान खुलेको छैन।



