भारत र पाकिस्तानबीच फेरि कूटनीतिक टकराव

भारत र पाकिस्तानबीच फेरि कूटनीतिक टकराव भएको छ। भारतले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगका एक कर्मचारीलाई देश छाड्न २४ घण्टा दिएको केही घण्टापछि पाकिस्तानले पनि इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई अवाञ्छित व्यक्ति घोषणा गरेर २४ घण्टाभित्र देश छाड्न आदेश दिएको छ। पहलगाम आक्रमणपछि सुरु भएको सैन्य द्वन्द्व मे १० मा युद्धविरामसँगै रोकिएको थियो, तर तनाव अझै कम भएको छैन।