भारतले बुधबार बिहान पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रहरूमा एअर स्ट्राइक गरेको छ। भारतीय मिडियाले १०० भन्दा बढी मारिएको दाबी गरे पनि अन्तर्राष्ट्रिय मिडियाले ३५ जना र पाकिस्तानले ७ जनाको मृत्यु भएको बताएको छ।
१९७१ पछि पहिलोपटक भारतीय सेना, नेभी र एअरफोर्सले संयुक्त रूपमा कारबाही गरेका छन्। रक्षामन्त्री र सेना प्रमुखबीच उच्चस्तरीय छलफल भएको छ।
पाकिस्तानको इस्लामाबादमा सबै स्कुल-कलेज बन्द गरिएका छन्। एलओसी क्षेत्रमा लगातार गोलीबारी भइरहेको छ जसमा ६ जना भारतीय नागरिकको मृत्यु र २४ जना घाइते भएका छन्।
भारत-पाकिस्तानबीचको तनावपछि दुबै देशका सीमावर्ती क्षेत्रहरूमा सुरक्षा कडा पारिएको छ। पाकिस्तानले एयर स्पेस बन्द गरेको छ भने भारतले पनि सीमामा पर्ने ११ वटा एयरपोर्टमा उडान रोकिएको छ।



