बूढानीलकण्ठ स्कुलद्वारा छात्रवृत्तिको लागि दरखास्त आह्वान

काठमाडौँ । बूढानीलकण्ठ स्कुलले कक्षा ५ देखि आवासीय रूपमा नि:शुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि विपन्न समुदायका जेहनदार बालबालिकाको लागि छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सो स्कुलले काठमाडौँ तथा साझेदारी कार्यक्रममा सहभागी देशभरका विद्यालयहरूमा अध्ययनरत विपन्न समुदायका जेहेनदार बालबालिकाको लागि छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको हो ।