बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारिले गरे साप्रेढुङ्गा पुलको शिलान्यास

काठमाडौ को बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा आज वडा नं. ८, १० र ११ को सिमानामा साप्रेढुङ्गा पुलको शिलान्यास सम्पन्न भएको छ।

शिलान्यास कार्यक्रममा प्रमुख अधिकारीले स्थानीय बासिन्दा, नगरपालिका र सरकारी निकायहरूबीच सहकार्य बढाउन आवश्यक रहेको बताउँदै परियोजना समयमै पूरा गर्न प्रतिबद्धता जनाए।

यस अवसरमा स्थानीय नेतृत्व, समुदायका प्रतिनिधिहरू र प्राविधिक जनशक्ति उपस्थित थिए। पुल निर्माणको काम नजिकै दिनमै शुरु हुने नगरपालिकाले जनाएको छ।