बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को परिचय” नामक पुस्तक विमोचन

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का विविध पक्षहरुको परिचय र अनुसन्धान समेटेर “वडाको परिचय” नामक पुस्तक विमोचन गरिएको छ।

वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईको अध्यक्षता र नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको समरोहमा उक्त पुस्तक लोकार्पण गरिएको थियो।

भूगोलमा बुढानिलकण्ठ नगरपालिकाको सबैभन्दा सानो वडाका रुपमा रहेको वडा नं १२ का राजनीतिक ,भौगोलिक , सामाजिक सहित अन्य पक्षहरुलाई समेटेर खडानन्द लुइँटेलले तयार पारेको सो पुस्तक लोकार्पण समारोहमा प्राध्यापक जगत प्रसाद उपाध्याय , बुढानिलकण्ठ क्षेत्र विकास समितीका अध्यक्ष विदुर विक्रम खड्का,सार्वजनिक जग्गा संरक्षण समितीका संयोजक लक्ष्मी प्रसाद संग्रौला,  वडा सदस्य ईश्वरी भट्टराई,सम्पादक मण्डलका सदस्य प्रयागराज भट्टराई, त्रिलोचन आचार्य, समाजसेवी रवी प्रसाद पौडेल सहित वडावासीहरुको उपस्थिति रहेको थियो।

सो समारोहमा वडा सदस्य मिना बयलकोटीले स्वागत मन्तव्य राखेकी थिइन् भने वडा सदस्य तथा सामाजिक विकास समिति संयोजक शान्ता ढकाल पुडासैनीले कार्यक्रम संचालन गरेकी थिइन्।