प्रतिभा बुढानीलकण्ठ कार्यक्रम सहभागी हुनका लागि नाम दर्ता गर्ने सम्बन्धी सूचना।

सूचना ,सूचना, सूचना

प्रतिभा बुढानीलकण्ठ कार्यक्रममा सहभागी हुन नाम दर्ता खुल्ला

बुढानीलकण्ठ, २०८२ साल माघ ४– बुढानीलकण्ठ नगरपालिकाले आगामी “प्रतिभा बुढानीलकण्ठ कार्यक्रम” अन्तर्गत नृत्य र वक्तृत्वकला विधामा प्रतियोगिता आयोजना गर्न लागेको छ। यसका लागि १२ देखि ५० वर्षसम्मका इच्छुक प्रतिभाहरूले माघ ११ गतेसम्म नाम दर्ता गर्न सक्नेछन्।

नगरपालिकाले यो कार्यक्रम स्थानीय सांस्कृतिक धरोहर संरक्षण र प्रवर्द्धनको उद्देश्यले गर्दै आएको छ। सहभागी हुन चाहनेले आफ्नो वडा कार्यालय वा नगरपालिकाको भाषा तथा संस्कृति सम्बर्द्धन शाखामा निम्न कागजातहरू साथमा पेश गर्नुपर्नेछः

  • बुढानीलकण्ठको स्थायी ठेगाना भएको नागरिकताको प्रतिलिपि
  • बसाइसराई दर्ता प्रमाणपत्र (यदि लागू)
  • विवाह दर्ता प्रमाणपत्र (विवाहितको लागि)
  • संघसंस्था वा विद्यालयको परिचयपत्र (यदि सम्बन्धित)

थप जानकारीको लागि भाषा तथा संस्कृति सम्बर्द्धन शाखा,
फोन नं. ९८५७०६२८०४,
ईमेल :
icpbudhanilkantha@gmail.com वा bnkdeputymayor@gmail.com मा सम्पर्क गर्न सकिनेछ।

यस कार्यक्रममार्फत नगरपालिकाले स्थानीय प्रतिभाहरूलाई मंच प्रदान गर्ने र सांस्कृतिक विरासतलाई अगाडि बढाउने लक्ष्य राखेको छ।

सम्पर्कः
भाषा तथा संस्कृति सम्बर्द्धन शाखा,
बुढानीलकण्ठ नगरपालिका।

Home » प्रतिभा बुढानीलकण्ठ कार्यक्रम सहभागी हुनका लागि नाम दर्ता गर्ने सम्बन्धी सूचना।