काठमाडौं, २५ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्।
पूर्वराजा शाह पोखरा विमानस्थलबाट चार्टर्ड विमानमार्फत् आज अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आएका हुन्।
पूर्वराजा शाहको स्वागतमा राप्रपा, राप्रपा नेपाल लगायतका नेता कार्यकर्ताहरू विमानस्थलको गेटसम्म पुगेका छन्। प्रहरीले उनीहरूलाई विमानस्थल प्रवेशमा रोकेको छ।



