पुर्व पश्चिम राजमार्ग परियोजनामा नाला बिना सडक निर्माण हुँदै गरेको

पुर्व पश्चिम राजमार्ग परियोजना अन्तर्गत काकरभिट्टा
लौकही सडक खण्ड अन्तर्गत पर्ने कन्काई नगरपालिका वडा नम्बर १ दुर्गापुरमा बिरिङ्ग पुल देखि सुरुङ्गा खोला सम्म (२.४) किलोमीटर सडक खन्डमा नाला राखेर पानीको निकास नगरी धमाधम सडक निर्माण हुँदै आएको र स्थानीय जनताहरु संग जिज्ञासा् राख्दा नालाको डिपिआर नभएको बताए ।

सो खण्डमा बिरिङ्ग , टाङटिङ्ग , भस्मे ,बागे ,पधेरे यी खहरेहरुबाट आउने पानीले दुर्गापुर बजार र बजारको उतरपट्टीको बस्तीलाई वर्खाको समयमा कटान गरि भौतिक क्षेती र कुनै बेला मानविय क्षेती समेत हुन सक्ने चिन्तामा स्थानीय बासी छ्न।

परियोजनाले सार्वजनिक सुनुवाई कार्यक्रम
कन्काई नगरपालिकाको कार्यलयमा गर्यो ।

नगरपालिकाले नालाको डिपिआर हुनुपर्छ भनि माग गरेको तर सो सडक परियोजनाले नालाको डिपिआर नभएको ठाउँ अहिले काम सुरु गरिरहेका छ।

डिपिआर नगरेकोमा अहिले स्थानीय जनता चिन्तामा छ्न । प्रदेश १ झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ का संघिय सांसद एलपी सावा लिम्बुले स्थानीयको भेलालाई सम्बोधन गर्दै म पहल गर्छु भन्नू भएको छ।

काकरभिट्टा लौकही सडक खड परियोजनाका प्रमुख सुनिल बाबू पन्तले घर भएको ठाँउमा प्रोटेक्ट वाल लगाउने आश्वासन दिनु भएको स्थानीय बताए ।

बर्खा भन्दा अगाडि नै रोकथामको काम गर्न स्थानीय समाजसेवी थिर कुमार पोखरेलले अनुरोध गर्नु भएको छ ।

सो समस्याको समाधानको लागि नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य हरि कुमार पोखरेलले आफूलाई जानकारी आएकोले आफू पनि अहिले स्थलगत रूपमा अनुगमनमा आएको र सम्बन्धि निकायमा समस्या समाधानको लागि ठोस पहल गर्ने बताउनु भयो ।

पिपलबोट अनलाईन टिमले पनि स्थलगत रिपोर्टिङ गरेको छ।