काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा नेपालको पहिलो महिला प्रधानमन्त्री बने बताएका छन् ।
सिन्धुपाल्चोकको तातोपानीमा आयोजित एक कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री राणाको प्रशंसा गरे। कार्यक्रममा राणा प्रमुख अतिथी बनेर पुगेकी थिइन् ।
कार्यक्रममा बोल्दै महिलाहरुको भूमिका राज्य सञ्चालनमा अत्यत्तै महत्वपूर्ण हुँदै आएको बताए । उनले महिलाहरु प्रधानन्यायधिश, प्रतिनिधि सभाको सभामुखलगतय महत्वपूर्ण पद ग्रहण गरिसकेको स्मरण गरे ।
उनले राणाको प्रशंसा गर्दै भने, ‘त्यो योग्यता र क्षमता महिलाहरुले प्रदर्शन गर्नुभएको छ ।
उहाँ कांग्रेसको प्रभावशाली केन्द्रीय सदस्य, मन्त्रिपरिषद्मा पनि परराष्ट्रमन्त्रीको हैसियतले, कूटनीतिक हिसाबले नेपालको स्वार्थअनुकूल अभिव्यक्तिले पनि प्रभाव राख्न सक्ने हैसियत राख्ने मान्छे । आगामी दिनको पहिलो महिला प्रधानमन्त्री बन्न सक्नुहुन्छ । त्यो विषयमा पनि हामी शुभकामना व्यक्त गर्न चाहन्छौं मात्र होइन, हामी तपाईँका प्रत्येक कदममा साथ दिन पनि चाहन्छौं ।´



