नेपाल महिला संघ गोकर्णेश्वर–५ को चौथो इकाई अधिवेशन सम्पन्न


नेपाल महिला संघ बागमती प्रदेश अन्तर्गत काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ मा चौथो इकाई अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि माननीय संघीय सांसद तथा प्रतिनिधिसभा अर्थ समितिका सभापति सन्तोष चालिसे रहनु भएको थियो । भने विशिष्ट अतिथि नगर प्रवक्ता तथा वडा अध्यक्ष नारायण बहादुर सुवेदी रहेको थियोे । साथै, वडा सदस्य धर्म थिङ लामा, श्रीयोगी लगायत विभिन्न समाजसेवी तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

अधिवेशनको सभापतित्व वडा सदस्य लक्ष्मी पुडासैनीले गर्नु भएको थियो।

कार्यक्रममार्फत सर्वसम्मतिमा नयाँ कार्यसमिति चयन गरिएको छ। नयाँ कार्यसमितिमा लक्ष्मी पुडासैनी (वडा सदस्य) अध्यक्ष, सुमित्रा सुवेदी उपाध्यक्ष, सम्झना सुवेदी सचिव, ज्योती रायमाझी कोषाध्यक्ष चयन हुनु भएको छ। साथै, सदस्यहरूमा विन्दा बराल, उमा ढुंगेल, देवकी ढुंगाना, अनिता रिजाल, तिमिला बराल, रेनुका श्रेष्ठ लगायतको चयन गरिएको छ।

त्यसैगरी, क्षेत्रीय प्रतिनिधिका रूपमा लिला देवी पौडेल, दुर्गा ढुंगेल, लक्ष्मी पुडासैनी (वडा सदस्य), कमला नेपाली (वडा सदस्य), इनु काफ्ले, कमला अधिकारी, सरस्वती प्रसाई लगायतको चयन गरिएको छ।