नेपाल ट्रेड युनियन फेडेरेशनको आयोजनामा १३६ औँ मे दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस) २०८२ को अवसरमा केन्द्रिय कार्यलय अन्तराष्ट्रिय मजदुर दिवश सप्पन्न भएको छ। नेकपा (सयुक्त) केन्द्रिय कार्यलय मैतिदेबी सेतो पुलमा विशाल कार्यक्रम गरि सप्पन्न भयो।
श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
कार्यक्रमको अध्यक्षता नेपाल ट्रेड यूनियन फेडेरेशनका कार्यवहाक अध्यक्षा कृष्ण थापाको अध्यक्षतामा भएको थियो।
नेपाल ट्रेड युनियन फेडेरेशनका उपाध्यक्ष कमला बस्नेतले स्वागत मन्तव्य राख्नु भएको थियो ।
प्रमुख अतिथि नेकपा (सयुक्त)का उपाध्यक्ष तथा महिला बिभाग प्रमुख लक्ष्मी शाहाले आफ्नो धारण राख्दै टेर्ड युनियन आन्दोलन अझ अगाडि बनाउनु पर्ने धारण राख्दै शुभकामना व्यक्त गर्नु भयो।
नेकपा (सयुक्त) का महासचिव तथा संगठन विभागका प्रमुख केदारचन्द्र शर्माले मजदुरको हक अधिकारको बारेमा जानकारी गराउदै भन्नू भयो,
सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घण्टा आराम र आठ घन्टा मनोरञ्जनको नारासहित सुरु भएको मजदूर आन्दोलनको सम्झनामा श्रमिक दिवस मनाउन थालिएको बताउदै अब नेपालमा मजदुर अदालत अवस्यक रहेको बताउनु भयो ।
असंगठित क्षेत्रका मजदुरले आज राज्यबाट नै शोशीत हुनु परेको र उनिहरुको हक हितमा काम गर्नु पर्ने बताउनु भयो ।
नेकपा (सयुक्त)का कोषाअध्यक्ष तथा जनवर्गिय संगठन प्रमुख मधु बि.सि , नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्याभूत गरेको छ, भन्दै , देशमा आज श्री दुई सरकार रहेको बताउनु भयो। यो सरकारबाट मजदुरका समस्य समाधान नहुने बताउनु भयो।
कोषअध्यक्ष बि. सिले श्रमिक कल्याण, न्यूनतम मजदुरी, कामको सुरक्षित वातावरण, र स्वास्थ्य बीमा जस्ता विषयमा छलफल।
महिला श्रमिकहरूको सशक्तिकरण: कामदार महिलाहरूको सुरक्षा र लैङ्गिक समानताको बारेमा जोड दिनु भयो
सामाजिक सुरक्षा: श्रमिकहरूको लागि सामाजिक सुरक्षाको व्यवस्था गर्न आवश्यकता बारे जानकारी दिनु भयो।
बिसिले मजदुरलाई हक हित अधिकारीको वारेका जानकारी गराउदै मजदुर अदालतको अवधारणा ल्याउनु पर्ने र असगठित क्षेत्रका मजदुरहरुलाई पनि राज्यले अहिले पिडित बनाउने तिर लागेकोले मजदुरको पक्षमा काम गर्नु पर्ने वताउनु भयो। हिजो इतिहास मात्र सम्झना गरेर अगाडी बढन सक्दैनै, त्यही अनुरुप काम गर्नु पर्ने बताउनु भयो ।
केन्द्रिय सल्लाहकार डा, खेमबन्धु कोईराला , डा, गुणराज पाठक , फेडेरेशनका पुर्व महासचिव बिजय बिस्फोट आआफ्नो धारण राख्नु भयो।















नेपाल युवा फेडेरेशनका अध्यक्ष नवीन खड्काले मजदुरहरुको हकहितको लागि सबै मिलेर लड्नु पर्ने धारण राख्नु भयो।
महिला बिभागकी सचीव आशा महर्जनले
ट्रेड यूनियन आन्दोलनलाई अझ मजबुत बनाउँदै लानु पर्ने भन्दै शुभकामना दिनु भयो। प्रगतिशील कविता सुनाउनु भयो।
रास्टिय दलित केन्द्रका महासचिव राजकुमार पास्वान उपस्थित हुनुहुथ्यो । समाजसेबी कुमार भन्डारी पनि उपस्थित हुनुहुथ्यो
आजको कार्यक्रम ट्रेड युनियन फेडेरेशनकी केन्द्रिय सदस्य तथा नेतृ प्रतीक्षा कोईरालाले गर्नु भएको थियो।
कार्यक्रममा ९० जना नेता कार्यकर्ताको उपस्थिति रहेको जानकारी कार्यवाहक अध्यक्ष कृष्ण थापाले दिनु भयो।













